काठमाडौं । हरेक दिन आफ्नो सानो कच्ची घर त्यही घर आँगनमा नियमित रहि आएको आफ्नो सानो संसारबाट थिचिएको महसुस गरेकी द्रोपति बोहरा विभिन्न कामको शिलशिला वडा कार्यालयसम्म पुग्छिन र त्यहाँ रोजगारीका लागि बेरोजगारहरुको फारम भेरिरहेको देखछीन् अनि आफ्नो घरभित्रै गरिबीको चापले पिडित बनेकी उनी बेरोजगारलाई रोजगार पाउने खबरबाट उत्साहित हुँदै आर्थिक बर्ष २०७९/८० का लागि बेरोजगार व्यक्तिहरुको सूचीमा सूचीकृत हुन आवेदन दिईन् ।
गाउँपालिकाबाट आर्थिक बर्ष २०७९/८०का लागि सूचीकृत भईन, रोजगार पाउने आशमा रहेकी, एक दिन वडा कार्यालयबाट रोजगारीका लागि छनौट भएको फोनले उनको दैनिकी फेरिएको महसुस गर्छिन् उनी । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना अन्तर्गत योजना भानु माध्यमिक विद्यालयको चार कोठे भवन निर्माणमा श्रमिकको रुपमा काम पाउने भईन् । तत्पश्चात उनको दैनिकी तालिका फेरियो आफ्नै छोराको पढ्ने विद्यालयमा शैक्षिक वातारणभित्र कामसँगै विद्यालयको गतिविधि बुझ्ने मौका पाउनुमा उनी खुसी थिइन् । दिनैक ८ घण्टाको काम पश्चात विगतमा आर्थिक अभाव र पारिवारिक वातावरणले गुमाएको पढाईलाई छोरासँगै पुनः सुरुवात गर्ने निधो गरिन् र सुरु भयो यात्रा कमाउँदै पढ्दैको ।
गाउँपालिकाको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत बन्न लागेको ४ कोठे १ तल्ले भवनमा गाउँपालिका र विद्यालय व्यवस्थापन समितिबीच अदक्ष कामदारको आपूर्ति सूचीकृत बेरोजगारबाट हुने गरि निर्माणका लागि आवश्यक अपुग रकम प्रधानमन्त्री रोजगार कार्यक्रम यूवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको स्रोतबाट ब्यहोर्ने गरि सम्झौता भएको थियो । यस योजनाको कुल लागत ३८ लाख गाउँपालिकाको स्रोत र ८ लाख १८ हजार प्रधानमन्त्री रोजगार कार्यक्रमको विश्व वैंक स्रोत गरि कुल ४६ लाख १८ रहेको छ ।
विद्यालयको सल्लाह बमोजिम विद्यालयको सरंचना तयार पार्न आवश्यक पर्ने श्रमिकको उपलब्धताको व्यवस्थापनको जिम्मा पनि द्रोपतीले सम्हाल्छिन् । साथै कामसँगै अन्य श्रमिकहरुको दैनिक हाजिरी र गाउँपालिकाको रोजगार सेवा केन्द्र एवम् अन्य शाखासँग उचित सूचना पुर्याउनुमा पनि उनको अहम् भूमिका रहेको छ । १०० दिनको कामसँगै आफ्नै छोरासँगै घरमा पढाईलाई पुनः निरन्तरता दिई छोरासँगै कक्षा आठमा यसै बर्ष उर्तीण गरेकीमा उनी निकै खुसी छिन् र आगामी दिनमा पनि निरन्तरता दिने पक्षमा छिन उनी । १०० दिन काम गरे वापतको पारिश्रमिकले भने उनी घरको दैनिकी चलाउन र ऋण तिर्नमा खर्च गर्ने बताईन् ।
विद्यालयमा रहेको भवन संरचना निर्माणमा विद्यालयको शिक्षक व्यवस्थापन समिति र पालिका प्रमुखहरुको पनि उत्तिकै योगदान रहेको वताउनु हुन्छ । यस विद्यालयका प्रधानाध्यापक, दक्ष र अदक्ष श्रमिकहरुको उचित समिश्रणबाट नै विद्यालय भवन समयमै बन्ने प्रतिवद्धता व्यक्त गर्नु हुन्छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न एवम् आर्थिक अभावमा रहेका श्रमिकहरुलाई समेटेकोले रोजगारी सँगसगै सीप विकास र उद्यमशीलतासँग जोडी यसलाई अझै व्यापक बनाउन सबैले आफ्नो भूमिका खेल्नु पर्ने बताउनु हुन्छ लालझाडी गाउँपालिकाकी अध्यक्ष निर्मल राना ।
लालझाडी गाउँपालिका रोजगार सेवा केन्द्रले यस योजनामा कुल १० जना श्रमिक खटाई १०० दिनको रोजगारीको ग्यारेन्टी गरेको थियो । यो योजनाको काम हाल सम्पन्न भईसकेको जानकारी रोजगार संयोजक केशव पन्तले गराउनु भयो ।