रौतहट । राजदेवी नगरपालिकाले मधेश प्रदेशमै पहिलो पटक गणित प्रयोगशालाको स्थापना गरेका छन् । बुधवार एक कार्यक्रम गरि राजदेवी नगरपालिका वार्ड नं. २ हजिमिनिया स्थित रहेको श्री रामनरेश लक्ष्मण माध्यमिक विद्यालयमा मधेश प्रदेशमै पहिलो पटक स्थापना गरिएको गणित प्रयोगशालाको नगर प्रमुख भिखारी प्रसाद यादवले विधिवत रुपमा उदघाटन गरेका हुन ।
पहिलो पटक गणित प्रयोगशालाको सुरुआत भएकोले विद्यार्थी तथा शिक्षकहरुमा उत्साह देखिएको छ । गणित प्रयोगशाला सुनेको थिए तर आफै प्रधानाध्यापक रहेको विद्यालयमा गणित प्रयोगशालाको स्थापना गरि विद्यार्थीहरुलाई पठन पाठन गराउन तयारीमा रहँदा अत्यधिक उत्साहित र खुशी भएको प्रधानाध्यपक संजय कुमार यादवले बताए ।
आफ्नो चुनावी घोषणा अनुसार शिक्षामा लगानी गरिएकोले आज नगपालिका भित्रका शैक्षिक संस्थालाई अधुनिकीकरण गर्न तत्पर रहेको र आफुले शिक्षा, स्वास्थ्य र कृषिलाई पहिलो प्राथमिकतामा राख्दै काम गरि रहेको राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले बताए ।
मेयर यादवले, आफुले चुनावमा वाचा गरे अनुसारको काम गर्न नसकिरहेकोले दुःख व्यक्त गर्दै, हर सम्भव वाचा अनुसारको काम गर्ने प्रयास जारी रहेको र हाल नगरपालिका क्षेत्रको शैक्षिक संस्थामा भौतिक पूर्वाधार निर्माणको अवस्था राम्रो हुदै गएकोले विद्यार्थी प्रति अभिभावकलाई जिम्मेवार हुन आग्रह गरे ।
बुधवार विद्यालयमा भएको कार्यक्रममा नगरपालिकाको लगानीमा निर्माण भएको ४ कोठे भवनको नगर प्रमुख भिखारी प्रसाद यादव र प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले संयुक्त रुपमा उदघटन गरेका थिए । श्री रामनरेश लक्ष्मण माध्यमीक विद्यालय राजदेवी २ हजमिनियाका गणित शिक्षक नारायण दासले गणित प्रयोगशालाका सामग्रीको प्रयोग गरेर देखाउनु भएको थियो ।
भवन उदघाट तथा गणित प्रयोगशालाको उदघाटन कार्यक्रमा वार्ड नं. २ वडा अध्यक्ष सनुप महतो, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जिल्ला हुलाक कार्यलय रौतहटका हुलाक अधिकृत देवनाथ यादव, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, विद्यार्थीहरु तथा सञ्चरकर्मीहरुको उपस्थिति रहेको थियो ।